दफा ४९
साक्षी बकाउँदाको कार्यविधि
(१) साक्षी बकाउँदा आफूले देखे, जाने वा सुनेको कुरा ईमान धर्म सम्झी साँचो बयान गरुँला भन्ने व्यहोराको शपथ लिन लगाई बकाउनु पर्छ ।
(२) साक्षी बकाउँदा मुद्दाका सबै पक्षहरूको रोहबरमा बकाउनु पर्छ ।
तर, अदालतद्वारा साक्षी बकाउन तोकिएको तारीख र समयमा कुनै पक्ष अदालतमा उपस्थित भएसम्मका पक्षको रोहबरमा साक्षी बकाउनु हुन्छ ।
(३) साक्षी बकाउँदा एउटा साक्षीले बकेको अर्को साक्षीले सुन्न नपाउने गरी बकाउनु पर्छ ।
(४) एक पटक बकाई सकेको साक्षीलाई कुनै मनासिब कारणबाट फेरी नबकाई नहुने देखिएमा अघि स्पष्ट नभएका कुराहरूका सम्वन्धमा मात्र ततिम्बा गरी बकाउनु हुन्छ ।
(५) साक्षीको बकपत्रमा मुद्दाका पक्षहरूको पनि सहिछाप गराउनु पर्छ । कुनै पक्षले सहिछाप नगरे न्यायाधीशले सो व्यहोरा जनाई आफ्नो सहिछाप गर्नु पर्छ ।